संखुवासभामा पहिरोले आठ घर बगायो, ११ जना बेपत्ता

संखुवासभामा पहिरोले आठ घर बगायो, ११ जना बेपत्ता

 अविरल वर्षासँगै संखुवासभाका सिलिचोङ गाउँपालिका-१ बेसिन्दा पहिरोले कयौँ घर बगाएको छ।

गाउँपालिकाका अध्यक्ष रामबहादुर राईका अनुसार पहिरोले ८ घर बगाएको छ, भने ११ जना बेपत्ता भएका छन्।  तीन जना घाइते भएका छन्।

‘पानी परेर उद्धारमा समस्या भइरहेको छ,’ उनले भने।

जिल्ला प्रहरी कार्यालय संखुवासभाको टोली घटनास्थल जाँदैछ। टोली पुग्न अझै करीब आधा घन्टा लाग्ने जनाइएको छ।
 

घटनाको थप विवरण आउन बाँकी छ। 


Leave a Reply

Your email address will not be published.