मिर्गौला बेचबिखन गर्ने डाक्टरसहित पक्राउ परेका ९ जनालाई काठमाडौं ल्याइयो
अवैध रुपमा मिर्गौला प्रत्यारोपण गरेको आरोपमा पक्राउ परेका भरतपुरस्थित पुरानो मेडिकल कलेजका तीन चिकित्सकसहित ९ जनालाई प्रहरीले काठमाडौं ल्याएको छ।
उनीहरुलाई प्रहरीले मानव बेचबिखन अनुसन्धान ब्यूरो बबरमहलको हिरासतमा राखिएको छ।
प्रत्यारोपण विशेषज्ञ डा.राकेश बर्मा, अस्पतालका अंग प्रत्यारोपण समितिका संयोजक डा. बालकृष्ण कालाखेती, अस्पतालका सिइओ डा. सुप्रभात श्रेष्ठसहित जिल्ला प्रशासन कार्यलयका अधिकृतलगायत समितिका सदस्यहरु छन्।
काठमाडौैबाट गएको टोलीले उनीहरुलाई पक्राउ गरेर सिधै जिल्ला प्रशासन कार्यलय ल्याएर पक्राउपूर्जी दिएको थियो। उनीहरुलाई राति ८ बजे चितवनबाट काठमाडौंका लागि चलान गरिएको थियो।
ब्यूरो स्रोतका अनुसार प्रहरीले यो घटनामा एक वर्षदेखि अनुसन्धान गरेर आश्वयक तथ्य प्रमाण संकलन गरेपछि पक्राउ गरेको हो। उनीहरुले नक्कली काजजात बनाएर अंग किनबेच गराएर प्रत्यारोपण गराएको प्रहरी स्रोतको भनाई छ।