गण्डकीमा थप १५ जनामा संक्रमण पुष्टि

गण्डकीमा थप १५ जनामा संक्रमण पुष्टि

गण्डकी प्रदेशमा आइतबार थप १५ जनामा कोरोना पुष्टि भएको छ। प्रदेश क्षयरोग केन्द्र पोखरा र पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानमा गरिएको परीक्षणमा सात जिल्लाका १५ जनामा पोजेटिभ देखिएको स्वास्थ्य निर्देशनालय गण्डकीले जनाएको छ। 

तनहुँका ६, पर्वतका २, बागलुङका २, लमजुङका २, नवलपुर, स्याङ्जा र गोरखाका १–१ जनामा पोजेटिभ देखिएको निर्देशक विनोदविन्दु शर्माले जानकारी दिए। 

योसहित गण्डकीमा कोरोना संक्रमितको संख्या ११ सय ९२ पुगेको छ। संक्रमितमध्ये चारजनाको मृत्यु भएको छ। 


Leave a Reply

Your email address will not be published.