बुटवलमा गुड्यो लुम्बिनी मेट्राेको सार्वजनिक बस

बुटवलमा गुड्यो लुम्बिनी मेट्राेको सार्वजनिक बस

लकडाउनले थन्किएका लुम्बिनी मेट्राे सिटी प्रालिका बस आइतबारदेखि सञ्चालनमा आएका छन्। प्रालिको शुक्रबार बसेको बैठकले २८ गतेदेखि यातायात सञ्चालन गर्ने निर्णय गरेकाे थियो।

सुरक्षाप्रबन्धसहित आइतबारदेखि बस सञ्चालनमा ल्याएको प्रालिका अध्यक्ष धनबहादुर अधिकारीले जानकारी दिए।

प्रालिका बस बेलहिया सुनौली नाकादेखि बुटवल गोलपार्क र बर्दघाटसम्म आधा आधा घण्टामा सञ्चालन हुने अधिकारीले बताए।

गृह मन्त्रालयले छोटो दूरीका यातायात सञ्चालन गर्न अनुमति दिएपछि प्रालिले मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय र भौतिक पूर्वाधार तथा विकास मन्त्रालयसँग समन्वय गरि सञ्चालनमा ल्याएको उनको भनाइ छ ।

राज्यले निर्णयका गरेका मापडण्डअनुरुप यात्रुलाई बसमा चढाउनुअघि सेनिटाइजर र थर्मल गर्नले ज्वरो जाँच गर्ने, बसभित्र भौतिक दूरी कायम गरिने, सहचालकले पिपिई लगाएरमात्र काम गर्न लगाउने, यात्रुलाई मास्कको व्यवस्थालगायतका सुरक्षाप्रबन्ध मिलाएर बस सञ्चालनका ल्याएको प्रालिले जनाएको छ।

कोरोनाका त्रासका बीच गाडी सञ्चालनमा ल्याएको हुनसक्ने भएकाले र त्यसबाट जोखिम हुने डरले यात्रुहरूको संख्या न्यून रहेको प्रकाश पुनले बताए।


Leave a Reply

Your email address will not be published.