पेट्रोलियम पदार्थको मूल्यवृद्धिको विरोध गर्दै नेविसंघद्वारा आयल निगम घेराउ

पेट्रोलियम पदार्थको मूल्यवृद्धिको विरोध गर्दै नेविसंघद्वारा आयल निगम घेराउ

नेपाली कांग्रेसको भ्रातृ संगठन नेपाल विद्यार्थी संघले पेट्रोलियम पदार्थको मूल्यवृद्धि काठमाडौंमा प्रदर्शन गरेको छ।

नेविसंघले आइतबार बिहान ११ बजे नेपाल आयल निगमको कार्यालय घेराउसहित प्रदर्शन गरेको हो। 

नेविसंघका अध्यक्ष राजीव ढुंगानाले नेपाल आयल निगमले कोरोना प्रकोपले जनता आक्रान्त भएका बेला पेट्रोलियम पदार्थको मूल्यवृद्धि भएकाले आन्दोलन गरिएको बताए।

‘सरकारले नागरिकको दैनिकीमा असर पुग्नेगरी गरिरहेका गतिविधि र पटक-पटक पेट्रोलियम पदार्थमा भएको मूल्यवृद्धिविरुद्ध आन्दोलन थालेका हौं,’ ढुंगानाले आयोमेलसँग भने।

पेट्रोलियम पदार्थको बढाइएको मूल्य फिर्ता नगरे सशक्त आन्दोलन गर्ने बताउँदै अध्यक्ष ढुंगानाले महामारीका बेला नागरिकलाई राहत दिन नसक्ने सरकारलाई मूल्यवृद्धि गर्ने नैतिक आधार नरहेको बताए।

प्रदर्शनमा सहभागी नेविसंघका पदाधिकारी तथा विद्यार्थी नेताहरूले कोरोना प्रकोपमा समस्यामा परेका नागरिकको जीवनरक्षा तथा महामारी नियन्त्रणका लागि उच्च प्राथमिकताका साथ काम गर्न माग गरेका छन्।


Leave a Reply

Your email address will not be published.