कर्णाली प्रदेशका संसदीय समितिहरूले पाए नेतृत्व

कर्णाली प्रदेशका संसदीय समितिहरूले पाए नेतृत्व

गठन भएको दुई वर्षभन्दा बढी भइसक्दा समेत पदाधिकारीविहीन बनेको कर्णालीको प्रदेश सभाका संसदीय समितिले नेतृत्व पाएका छन्। 

दलहरूबीच सहमति जुटेपछि प्रदेश सभाको अर्थ तथा प्राकृतिक स्रोत समिति, विधान तथा प्रदेश मामिला समिति, सामाजिक विकास समिति र सार्वजनिक लेखा समितिले नेतृत्व पाएको छ।

अर्थ तथा प्राकृतिक स्रोत समिति अध्यक्षमा गणेशप्रसाद सिंह निर्विरोध निर्वाचित भए। विधान तथा प्रदेश मामिला समितिमा दानसिंह परियार, सामाजिक विकास समितिमा देवी ओली र सार्वजनिक लेखा समितिमा दिनबन्धु श्रेष्ठ निर्वाचित भएका हुन्।

निर्धारित समयभित्र एक–एक जनाको मात्रै मनोनयन दर्ता भएपछि अध्यक्षहरू स्वतः निर्वाचित भएको प्रदेशसभा सचिवालयले जनाएको छ।

प्रदेशसभा सचिवालयका सचिव वीरेन्द्रबहादुर केसीले भने, ‘एक–एक जनाको मनोनयन दर्ता भएपछि मात्रै समितिका अध्यक्ष निर्विरोध निर्वाचित हुनुभएको छ।’


Leave a Reply

Your email address will not be published.