खगेरी खोलामा आएको बाढीले रत्ननगरका केही वडा डुबानमा 

खगेरी खोलामा आएको बाढीले रत्ननगरका केही वडा डुबानमा 

अविरल वर्षापछि खगेरी खोलामा बाढी आएको छ। खोलामा आएको बाढीले चितवनको रत्ननगर नगरपालिका ७ र ८ का विभिन्न स्थान डुबानमा परेका छन्।

रत्ननगर ८ को सुकुम्बासी टोल, मनोहरा राष्ट्रिय प्राथमिक विद्यालय, संहाति छेउकुना रेष्टुरेन्ट, होटल रेड रूफ , होटल न्यु न्युरो, होटल ग्रिन लज, होटल जंगल प्यालेस, दोभान रेष्टुरेन्ट डुबानमा परेका छन्। 

त्यस्तै रत्ननगर ७ मा रहेको बिग बोस रेष्टुरेन्ट, बैम्बो कटेज रेष्टुरेन्ट र सौराहा सभाहल पनि डुबानमा परेको छ। रमाइलो डाडामा अवस्थित झुलुङगे पुलमा पनि क्षति पुगेको छ।

हरेक वर्ष खगरी खोला आउने बाढीले यी स्थान डुबानमा पर्ने गरेका छन्। तर, सौराहाका होटल तथा रेष्टुरेण्टमा भने बाढी नपसकेको होटल व्यवसायीहरूले बताएका छन्। 

यस्तै व्यवस्थित ढलको निकास नहुँदा गैडाकोट नगरपालिकाका केही वडामा पनि डुवान भएको छ। हिजो राति लगातार पानी परेका कारण गैडाकोट ४ र ३ नम्बरका वडामा डुवान भएको हो। अहिले जनप्रतिनिधिले डोजर लगाएर पानी कटाउने काम गरिरहेका छन्।


Leave a Reply

Your email address will not be published.