नेपालमा थप ८२ जनामा कोरोना संक्रमण

नेपालमा थप ८२ जनामा कोरोना संक्रमण

नेपालमा कोरोना संक्रमितको संख्या दिनहुँ घट्दो क्रममा रहेको छ। पछिल्लो २४ घन्टामा नेपषालमा ८२ जनामा संक्रमण पुष्टि भएको छ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको नियमित प्रेस कोरोना अपडेटमा बोल्दै मन्त्रालयका प्रवक्ता जागेश्वर गौतमले देशका २५ प्रयोगशालामा गरिएको परीक्षणमा उक्त संख्यामा कोरोना पुष्टि भएको बताए। योसँगै नेपालमा संक्रमितको संख्या १६ हजार ८ सय एक पुगेको छ।

पछिल्लो २४ घन्टामा १४७ जना कोरोना जितेर घर फर्किएका छन्।

हालसम्म कोरोनाबाट ३८ जनाले ज्यान गुमाएका छन्।


Leave a Reply

Your email address will not be published.