प्रहरी निरीक्षकलाई घुस दिन खोज्ने दुईजना पक्राउ

प्रहरी निरीक्षकलाई घुस दिन खोज्ने दुईजना पक्राउ

दाङमा प्रहरी निरीक्षकलाई एक लाख ५० हजार रुपैयाँ घुस दिन खोज्ने दुईजनालाई प्रहरीले पक्राउ गरेको छ।

लागुऔषध (ब्राउन सुगर) मुद्दामा पक्राउ परेका सागर केसी भनिने दुर्गाराम खत्रीको मुद्दा मिलाई दिनुप-यो भनी प्रहरीलाई एक लाख ५० हजार रुपैयाँ घुस दिन खोज्ने दुई जनालाई पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय दाङका प्रहरी नायव उपरीक्षक एव प्रवक्ता सुमित खड्काले बताए।

पक्राउ पर्नेमा घोराही उपमहानगरपालिका- १८ सुपैलाकुटी बस्ने २७ वर्षीय गोबिन्द शाह र प्युठान स्वर्गद्वारी नगरपालिका- ५ भिङ्ग्री घरभै हाल दाङको लमही नगरपालिका- ५ लमही बजार बस्ने समिर भण्डारी रहेका छन्।

उनीहरूले शनिबार वडा प्रहरी कार्यालय घोराहीका प्रमुख प्रहरी निरीक्षक दिनेश रिमाललाई कार्यकक्षमै भेट गरी कुराकानीका क्रममा उक्त रकम घुस दिन खोजेको प्रहरीले जानकारी दिएको छ। 

पक्राउ परेका दुवै जनालाई आवश्यक कारवाहीको लागी आइतबार प्रहरीले अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालय बुटवल पठाएको प्रहरी नायव उपरीक्षक खड्काले जानकारी दिएका छन्।


Leave a Reply

Your email address will not be published.