कोरोना संक्रमणदर घट्दो, ५१ प्रतिशतले जिते भाइरस
पछिल्लो समय नेपालमा कोरोना संक्रमणदर घट्दो छ भने दनहुँ संक्रमण जितेर घर फर्किनेको संख्या बढिरहेको छ।
आइतबार देशभर १ सय ४७ जनाले कोरोना जितेका छन्। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार योसँगै नेपालमा ८ हजार ५ सय ८९ जना निको भएर घर फर्किसकेका छन्। आज थपिएका संक्रमितसहित देशभर १६ हजार ८ सय १ जनामा संक्रमण देखिएको छ।
अहिलेसम्मको तथ्याङ्क हेर्दा कुल संक्रमितमध्ये ५१.१ प्रतिशत संक्रमित निको भएका हुन्।
देशभर ८ हजार १७४ संक्रमित आइसोलेसन कक्षमा उपचाररत रहेको मन्त्रालय जनाएको छ।
हालसम्म कोरोना संक्रमणबाट ३८ जनाको मृत्यु भएको छ।