विजयनगरका १८ मदरसालाई खेलकुद सामग्री

विजयनगरका १८ मदरसालाई खेलकुद सामग्री

कपिलवस्तुको विजयनगर गाउँपालिकाका १८ मदरसालाई खेलकुद सामग्री वितरण गरिएको छ। महिला तथा बालबालिका समाज कल्याणको सहयोगमा खेलकुद सामग्री वितरण गरिएको हो। त्यसरी वितरण गरिएकोमा शैक्षिक सामग्री १ सेट, स्किपिङ्‌ग डोरी ५ पिस, फुटबल १ पिस, व्याडमिन्टन कक सेट १ रोल र व्याडमिन्टन १ सेट रहेका छन्।

कार्यक्रममा बोल्दै गाउँपालिकाका अध्यक्ष गोपाल बहादुर थापाले शिक्षाको आवश्यकता र महत्वलाई बुझेर मदरसाका सबै बालबालिकालाई समेटन जरुरी भएको बताए। उनले मदरसालाई कसरी शिक्षाको मूलधारमा ल्याउने, कसरी बालबालिकाहरुलाई विद्यालयमा बढीभन्दा बढी निरन्तरता दिलाउने? भन्ने कुरामा सोची काम गर्न मदरसका मौलानाहरुलाई जोड दिन आग्रह गरे।

मदरसाहरूको विकासका लागि गाउँपालिकाले प्राथमिकताका साथ अगाडी बढिरहेको बताए। मुस्लिम समुदायका बालबालिकाहरुलाई शिक्षाबाट बञ्चित हुन नदिन गाउँपालिकाले मदरसाको विकासमा प्राथमिकता दिएको बताए।

गाउँपालिकाकी उपाध्यक्ष लक्ष्मी कुमारी चौधरीले बालबालिकाको विकासका लागि खेलकुद सामग्री महत्वपूर्ण रहेकोले सही सदुपयोग गर्न अनुरोध गरिन्। खेलकुद सामग्रीले बालबालिकाहरूको शारीरिक, सामाजिक र मानसिक रुपमा चौतर्फी विकास हुने चौधरीले बताइन्।


Leave a Reply

Your email address will not be published.