ऐश्वर्या र छोरीलाई पनि देखियो कोरोना संक्रमण

ऐश्वर्या र छोरीलाई पनि देखियो कोरोना संक्रमण

अमिताभ बच्चन र अभिषेक बच्चनमा कोरोना संक्रमण पुष्टि भए पश्चात ऐश्वर्या राय बच्चनमा र उनकी छोरी आराध्या बच्चनमा पनि कोरोना संक्रमण पुष्टि भएको छ।

ऐश्वर्या पति अभिसेकलेले ट्विट गर्दै छोरी र श्रीमतिमा संक्रमण पुष्टि भएको बताएका छन्। भारतीय सञ्चारमाध्यमका अनुसार उनीहरूमा अहिलेसम्म कोरोना संक्रमणको कुनै लक्षण देखिएको छैन।

अभिसेकले बुवा अमिताभ र आफू अस्पतालमा रहे पनि श्रीमति र छोरी भने घरमै सेल्फ क्वारेन्टाइनमा रहेको बताएका छन्।

शनिबार अमिताभ र अभिषेकमा कोरोना संक्रमण पुष्टि भएको थियो। उनीहरू यतिवेला मुम्बईको नानावती अस्पतालमा उपचाररत छन्। 

यस्तै नेपालका प्रधानमन्त्री केपी शर्मा ओलीले पनि ट्विट गर्दै बच्चन परिवारको स्वास्थ्यलाभको कामना गरेका छन्।


Leave a Reply

Your email address will not be published.