विपद्‌मा परेका नागरिकको उद्धारमा जुट्न सभामुखको आह्वान

विपद्‌मा परेका नागरिकको उद्धारमा जुट्न सभामुखको आह्वान

सभामुख अग्निप्रसाद सापकोटाले विपद्‌मा परेका नागरिकको उद्धार, राहत र पुनःस्थापनामा जुट्न सांसदहरूलाई आह्वान गरेका छन्।

एक अपिल जारी गर्दै उनले सांसदहरूलाई सङ्घ, प्रदेश र स्थानीय तहसँग समन्वय गरेर तदारुपताका साथ उद्धार, राहत र पुनःस्थापनामा प्रभावकारी भ‍ूमिका निर्वाह गर्न आग्रह गरे।

'विपद्बाट बच्ने उत्तम उपाय जोखिमयुक्त क्षेत्रमा उच्च सतर्कता अपनाउन, पूर्वतयारी गर्न, पूर्वसूचना प्रणालीको विकास र यसको उच्चतम् प्रयोग गरी विपद्बाट बच्न र क्षतिको न्यूनीकरण गर्न हामीसँग उपलब्ध सबै खाले स्रोत, साधन र संयन्त्रको उच्चतम प्रयोग गर्न अनुरोध गर्दछु', उनले भनेका छन्।

सरकारकातर्फबाट पूर्वतयारी, घाइतेको उद्धार तथा उपचार, राहत र विस्थापितको पुनःस्थापनाका लागि प्रयास भइरहेको उल्लेख गर्दै यस प्रयासलाई गुणात्मकरुपमा बढाउन जरुरी रहेको उनको भनाइ छ।

सभामुख सापकोटाले तयारीलाई तीव्रता दिन, बेपत्ताको खोजी र अवरुद्ध हुन पुगेका सडक सञ्चालनका लागि विशेष अभियान सञ्चालन गर्न सरकारको ध्यानाकर्षण गराएका छन्। 

मनसुन जारी रहेकाले खासगरी जोखिममा रहेका भूभाग, नदी किनार, कटान तथा डुबान दोहोरिने क्षेत्रमा बसोबास गरिरहेका नागरिकलाई विशेष सतर्कता अपनाउन उनको आग्रह छ।


Leave a Reply

Your email address will not be published.