नेवानिको उडानबाट १० हजार ९ सयभन्दा बढी नेपाल आए
नेपाल वायुसेवा निगमले अहिलेसम्म १० हजार ९ सय १२ जना यात्रुलाई नेपाल ल्याएको। कोरोना महामारीले निम्त्याएको विश्वव्यापी संकटसँग जुधिरहेको अवस्थामा नागरिकप्रतिको उत्तरदायित्वलाई महशुस गर्दै ५८ वटा उद्धार उडानमार्फत उक्त संख्यामा नेपालीलाई स्वदेश ल्याएको बताइएको छ।
चीनको ग्वाङझाओ, चाङ्सा, कुनमिङ र बेइजिङबाट कार्गो चार्टर्ड उडानमार्फत स्वास्थ्य सामग्री ढुवानी समेत गरेको निगमले जनाएको छ। निगमका अनुसार जुन १४ देखि जुलाई १२ सम्म दुबई, दोहा, क्वाललम्पुर, सिड्नी, ब्रिसबेन, नारिता, बैंकक, हङकङ, बहराइन, कुबेत, रियाद, जेद्दा, माले, ढाका लगायतका गन्तव्यबाट उक्त संख्यामा नागरिकलाई ल्याएको हो।