कोभिड-१९ विरुद्धको खाेपमा सफलता मिलेको रुसको दाबी

कोभिड-१९ विरुद्धको खाेपमा सफलता मिलेको रुसको दाबी

रुसले कोरोना भाइरस (कोभिड-१९ विरुद्धको खोप (भ्याक्सिन) मा सफलता मिलेको दाबी गरेको छ।

रुसकाे सेचेनोभ विश्वविद्यालयले कोरोनाविरुद्धको खोपको क्लिनिकल परीक्षण सफलतापूर्वक सम्पन्न भएको जनाएकाे हाे।

रुसले विश्वविद्यालयकाे याे सफलतालाई 'कोरोनाविरुद्धकाे पहिलो खोप पत्ता लगाएको' रुपमा व्याख्या गरेकाे छ।  याे खबर विभिन्न मुलुकमा रहेका रुसी दुतावासकाे ट्वीटर ह्यान्डलबाट पनि सार्वजनिक गरिएकाे छ।

विश्वविद्यालयले १८ स्वयंसेवकमा १८ जुनमा खाेप दिइएकाेमा अर्काे समूहलाई २३ जुनमा दिइएको थियो। विश्वविद्यालयबाट डिस्चार्ज भएपछि स्वयंसेवलाई निगरानीमा राखिनेछ।

‘यो साबित भएको छ कि औषधि सुरक्षित छ। स्वयंसेवकलाई जुलाई १५ र २० मा डिस्चार्ज गरिनेछ,’  सेचेनोभ विश्वविद्यालयमा इन्स्टिच्युट अफ मेडिकल प्यारासिटोलोजी ट्रपिकल एण्ड भेक्टर बर्न डिजिजका निर्देशक अलेक्जेण्डर लुकाशेभले भनेका छन्।

विश्वविद्यालयले अब खोपको उत्पादन बढाएर मानिसमा प्रयोग गर्न सकिने दाबी गरेको छ।

झण्डै आठ महिनाअघि चीनको वुहानमा देखिएको कोरोनाविरुद्ध खोप बनाउन विश्वका वैज्ञानिक लागिरहेका बेला सुखद समाचार सार्वजनिक भएको हो।
 


Leave a Reply

Your email address will not be published.