१०४ वर्षीया वृद्धाले अस्पताल भर्ना नभई कोरोनालाई हराइन्

१०४ वर्षीया वृद्धाले अस्पताल भर्ना नभई कोरोनालाई हराइन्

इङ्ल्यान्डको केन्टकी एक सय चार वर्षीया वृद्धा कोरोना भाइरस संक्रमण भएकोमा निको भएकी छन्।

ग्रेस ग्रिनवुड पछिल्लो तीन साता उनी ओछ्यानबाट उठ्नसमेत सकिनन् भने श्वासप्रश्वासमा समस्या थियो। तर, यो अवस्थामा पनि उनलाई अस्पताल जानुपरेन। उनी घरमै उपचार गराएर निको बनेकाे बीबीसी हिन्दीले उल्लेख गरेको छ।

लन्डनमा मेकअप आर्टिस्ट रहेकी उनकी नातिनी क्रिस्टल अपोलोनिया भन्छिन्, ‘उहाँ केही साता बिरामी हुनुभयो। डाक्टरले स्वास्थ्य अवस्थाबारे बताएपछि हामी धेरै डराएका थियाैं तर, हजुरआमा हिम्मतका कारण निको हुनुभयो।’

ग्रिनवुडले जीवनको अप्ठ्यारो समय काटेको उनका परिवारले बताएका छन्। जीवनको धेरैजसो समय उनी बिरामी भइन्। त्यसैले ग्रिनवुडमा रोगसँग लड्ने हिम्मत आएको समाचार एजेन्सीहरूले उल्लेख गरेका छन्।

उनको जन्म म्यानमारमा भएको थियो। नर्ससमेत रहेकी उनले भारतमा समेत काम गरिन्। तर, सन् १९४६ मा समुद्रपारिको बाटो तय गरिन्। 

ग्रिनवुड हरेक दिन शारीरिक व्यायाम गर्छिन्।


Leave a Reply

Your email address will not be published.