नारायणीमा पानीको सतहले सतर्कता तह पार
अबिरल वर्षासँगै नारायणी नदी नदीमा पानीको बहाब बढेको छ।
देबघाट बाढीमापन केन्द्रमा जलसतहले सतर्कता तह पार गरेको जल तथा मौसम विज्ञान विभाग, बाढी पूर्वानुमान महाशाखाले जनाएको छ।
महाशाखाका अनुसार बिहान ९ः ४० बजेको अपडेट अनुसार ािनीको बहाब ७.४ मिटर पुगेको छ।
नारायणीको देवघाट मापन केन्द्रमा पानीको सतह ७.३ मिटर पुग्नुलाई सतर्कता तह पार गरेको मानिन्छ।
पानीको सतहले ८ मिटर पार गरेमा नदी तटिय क्षेत्रका भुभाग डुबानमा पर्ने खतरा रहन्छ।
पानीको बहाब अझै बढिरहेको छ। महाशाखाले सोमबार साँझसम्म चितवन र नवलपरासीको नारायणीको तटीय क्षेत्रमा बेलुका उच्च सतर्कता अपनाउन आह्वान समेत गरेको छ।
यसैगरी, जल सतहले सतर्कता तह पार गरेपछि चितवन र नवलपरासीको नारायणीको तटीय क्षेत्रका नागरिकलाई एसएमएस पठाएको छ।
सोमबार नारायणीमा बहाब सतर्कतादेखि खतरा आसपास हुने तथा कोशी, बागमती र कन्काईमा सतर्कता आसपास हुने अनुमान गरिएको छ।
प्रदेश २ को चुरे र तराईबाट बहने साना नदीमा आकस्मिक बाढी हुने उच्च सम्भावना रहेको छ।
असार २९, ९ः३० बजे#SMS #अलर्ट #चितवन #नबलपरासी
नारायणी नदी देबघाट बाढीमापन केन्द्रमा जलसतहले #सतर्कता तह पार गरेको छ र #बढ्दो रहेकाले , चितवन र नवलपरासीको #नारायणीको तटिय क्षेत्रमा बेलुका सम्मै #उच्च सतर्कता अपनाउनुहोला
जल तथा मौसम विज्ञान विभाग@NDRRMA_Nepal @NEOCOfficial pic.twitter.com/N8bnRBqX8s— Nepal Flood Alert! नेपाल बाढी सूचना! (@DHM_FloodEWS) July 13, 2020