झापामा दुईको मृत्यु , दुई बेपत्ता 

झापामा दुईको मृत्यु , दुई बेपत्ता 

झापामा खोलाले बगाएर आज थप एक जनाको मृत्यु भएको छ। मृत्यु हुनेमा कचनकवल गाउँपालिका ३ का ३५ वर्षीय किलु टुडु छन् ।

उनलाई दिउँसो १२ बजे तिर घर नजिकैको खहरे खोलाले ब्गाएको थियो। खोलाले बगाएको ठाउँभन्दा दुई सय मिटर दक्षिणमा उनको शव फेला परेको प्रहरी चौकी पथरियाले जनाएको छ।

शनिबार विरिङ खोलाले बगाएर  झापा गाउँपालिका ५ का ३५ वर्षीय राजेश गणेशको मृत्यु भएको थियो। मेची नदीले बगाएर बेपत्ता भएका भद्रपुर नगरपालिका ३ बस्ने ३३ वर्षीय हिरण राई र रतुवा खोलाले बगाएर गौरीगञ्जका एक व्यक्ति अझै  फेला नपरेको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ।


Leave a Reply

Your email address will not be published.