धुम्बाराहीमा जुवातास खेलिरहेका ५ जना पक्राउ
काठमाडौं महानगरपालिका-४ धुम्बाराही बस्ने विष्णु रानामगरको घरमा जुवातास खेलिरहेको अवस्थामा ५ जनालाई पक्राउ गरिएकाे प्रहरीले जनाएकाे छ।
उनीहरूकाे साथबाट नगद ५० हजार ९ सय ७५ रुपैयाँ र तीन बुक तास बरामद गरिएकाे प्रहरीले जनाएकाे छ। आइतबार रानामगरकाे घरमा जुवातास खेलिरहेको भन्ने सूचनाको आधारमा महानगरीय प्रहरी वृत्त महाराजगन्जबाट खटिएको प्रहरीले उनीहरूलाई जुवा खालबाटै पक्राउ गरेको हो। त्यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ।