१४४ जनामा कोरोना पुष्टि भएसँगै कुल संक्रमित १६ हजार ९४५ पुगे
नेपालमा कोरोना संक्रमितको संख्या घट्दो क्रममा रहेको छ। सोमबारको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको नियमित प्रेस ब्रिफिङमा प्रवक्ता डा. जागेश्वर गौतमले पछिल्लो २४ घण्टामा १४४ जनामा कोरोना संक्रमण पुष्टि भएको जानकारी दिए।
देशभर ६ हजार ६ सय १३ संक्रमित आइसोलेसन कक्षमा उपचाररत रहेका मन्त्रालय जनाएको छ। सोमबार पुष्टि भएका सँगै देशभर १६ हजार ९ सय ४५ जना संक्रमित रहेका छन्।
देशभरबाट पछिल्लो २४ घण्टामा १ हजार ७ सय ५ जनाले संक्रमण जितेका छन्। योसँगै कोरोना संक्रमण जितेर घर फर्किनेको संख्या १० हजार २ सय ९४ पुगेको छ। यो संख्या कुल संक्रमित मध्ये ६०.७ प्रतिशत निको भएका छन्।
हालसम्म कोरोनाबाट ३८ जनाको मृत्यु भएको छ।