नेपालमा १० हजार ७ सय ५ जना काेराेना संक्रमित निकाे भए
नेपालमा निकाे हुने काेराेना संक्रमितकाे संख्या दिनहुँ बढ्दो छ। आजसम्म १० हजार ७ सय ५ जना कोरोना संक्रमित निकाे भएका छन्।
सोमबारको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको नियमित प्रेस ब्रिफिङमा प्रवक्ता डा. जागेश्वर गौतमले पछिल्लो २४ घण्टामा १ हजार ७ सय ५ जनाले कोरोना जितेको जानकारी दिए।
देशभर १६ हजार ९ सय ४५ जनामा काेराेना संक्रमण पुष्टि भएकाे छ। तीमध्ये उपचारपछि १० हजार २ सय ९४ जना संक्रमित निकाे भएका छन्। यो संख्या कूल संक्रमितकाे ६०.७ प्रतिशत हो।
सोमबार थप १४४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ।
देशभर ६ हजार ६ सय १३ संक्रमित आइसोलेसन कक्षमा उपचाररत रहेका मन्त्रालय जनाएको छ।
हालसम्म कोरोनाबाट ३८ जनाको मृत्यु भएको छ।