एमसिसीबारे पार्टीमा छलफल जारी छः जनता समाजवादी

एमसिसीबारे पार्टीमा छलफल जारी छः जनता समाजवादी

जनता समाजवादी पार्टीले एएमसिसीका सम्बन्धमा आफ्नो नीति तथा धारणा बनाउन आन्तरिक गृहकार्य र छलफल भइरहेको प्रष्ट पारेको छ।

अध्यक्षद्वय महन्थ ठाकुर र उपेन्द्र यादवले विज्ञप्ति जारी गरी एमसिसीको विषयमा छलफल जारी नै रहेको प्रष्ट पारेका हुन्।

एमसिसीका विषयमा पार्टीले निर्णय गरी नसकेको उल्लेख गर्दै विज्ञप्तिमा पार्टीका तर्फबाट कुनै आधिकारिक धारणा पनि सार्वजनिक नगरिएको बताइएको छ।

‘सञ्चारमाध्यममा जनता समाजवादी पार्टीको नाममा एमसिसीबारेमा आएका धारणाहरू पार्टीप्रति जनतामा भ्रम फैलाउने उद्देश्यले गरिएका र गराइएका भ्रमपूर्ण, गलत र सूनियोजित प्रचार हुन्,’ विज्ञप्तिमा भनिएको छ।

अध्यक्षद्वय ठाकुर र यादवले पार्टीलाई बदनाम गराउने गरी गरिएका यस्ता निन्दनीय कार्यप्रति आपत्ति व्यक्त गर्दै गलत प्रचार बन्द गर्न चेतावनी दिएका छन्।


Leave a Reply

Your email address will not be published.