एनआरएन, किसान र  दिव्या लघुवित्तबीच मर्ज

एनआरएन, किसान र  दिव्या लघुवित्तबीच मर्ज

एनआरएन लघुवित्त वित्तिय संस्थासँगै किसान माइक्रो फइनान्स र दिव्या लघुवित्त संस्था एक आपसमा मर्ज गरेर संयुक्त कारोबार सुरु गरेका छन्। 

मर्जरपछि एकीकृत कारोबारका रुपमा धनगढी एनआरएन लघुवित्त वित्तीय संस्थाले किसान माइक्रोफाइनान्स र दिव्य लघुवित्त वित्तीय संस्था मर्जर गरी सोमबारदेखि एकीकृत कारोबार सुरु गरेको छ।

एनआरएनले डेढ वर्षमै पाँच संस्थालाई मर्जर गरिसकेको छ। गत वर्षको भदौमा क्रियटिभ लघुवित्त र रामारोशन लघुवित्तलाई मर्जर गरेका थियो। आइतबार मर्जर भएका किसान माइक्रोफाइनान्स २०६९ मा सञ्चालन भएको हाे। यसकाे कैलालीको बलियामा केन्द्रीय कार्यालय छ भने दिव्या राष्ट्रिय स्तरको लघुवित्त वित्तीय संस्था हो। 

एनआरएनका कार्यकारी निर्देशक इन्द्रकुमार शाहका अनुसार मर्जरपछि एनआरएनको लगानी ४ अर्ब १० करोड, बचत ८७ करोड ६० लाख, सदस्य संख्या १ लाख ४४ हजार र ऋणी सदस्य संख्या ५० हजार ९ सय ९७, शाखा कार्यालयको संख्या १ शय ४२, कर्मचारी संख्या ५ सय पुगेको छ। 

४४ जिल्लामा शाखा विस्तार गरिसकेकामा आगामी १ वर्षभित्र ७७ वटै जिल्लामा शाखा विस्तार गर्ने र हकप्रद शेयर र एफपिओ जारी गरि चुक्ता सेयर पुँजी १ अर्ब पु-याउने योजना रहेको शाहले बताए। 

एकीकृत कारोबार शुभारम्भ कार्यक्रममा सुदूरपश्चिम प्रदेशका आर्थिक मामिला तथा योजनामन्त्री झपट बोहराले लकडाउनका बेलामा नाफा कमाउनमा ध्यान नदिएर आफू बाँच्न र ग्राहकलाई पनि बचाउन लघुवित्तले भूमिका खेल्नुपर्ने बताए। 

लघुवित्तले प्राप्त गरेको ऋण प्रवाहको सीमा बढाइएन भने कोरोनाले धर्मराएको अर्थतन्त्र उँभो लाग्न नसक्ने मन्त्री बोहराले बताए।

एनआरएनका अध्यक्ष प्रमोद उप्रेतीले एनआरएनलाई राष्ट्रिय स्तरको लघुवित्त बनाउन मर्जर प्रकृया अघि बढाइएको बताए। किसान माइक्रोफाइनान्सका अध्यक्ष जोशीले लघुवित्तले आमजनताका बीचमा आर्थिक कृयाकलाप वृद्धि गरिरहेको भए पनि डिजिटलाइज गरेर लैजान सरकारले नीतिगत सम्बाेधन गर्नु आवश्यक रहेको बताए। 

एनआरएनले २०७६ भदौमा मात्र क्रियटिभ लघुवित्त वित्तीय संस्था र रामारोशन लघुवित्त  वित्तीय संस्थालाई मर्जर गरेको थियो। एनआरएन नयाँ मर्जरको स्वीकृति प्राप्त भएसँगै छोटो समयमा सबैभन्दा बढी मर्जर गर्ने पहिलो संस्था बनेको छ। एनआरएन लघुवित्त वित्तीय संस्था ग्रामीण सेवा नेपाल नामक गैरसहकारी संस्थालाई लिएर २०७५ चैतमा स्थापना भएको थियो।


Leave a Reply

Your email address will not be published.