अयोध्या नेपालमै छ, भारतले नक्कली बनायो- प्रधानमन्त्री
प्रधानमन्त्री केपी शर्मा ओलीले भारतले दाबी गर्दै आएको अयोध्या नक्कली भएको बताएका छन्। भारतले 'नक्कली अयोध्या' बनाएर नेपालमाथि सांस्कृतिक तथ्यहरुमाथि आक्रमण गरेको उनले बताए।
'अयोध्या भनेको नेपालको वीरगन्जदेखि अलिकति पश्चिममा पर्छ' उनले भने 'सीता भारतका राजकुमारलाई दिएको भन्ने हामीलाई लागेको होला तर, त्यो ठाउँ पनि भारतको होइन, व्यक्त्ति पनि भारतका होइनन्।'
भानु जयन्तीको अवसरमा बालुवाटारमा आयोजित कार्यक्रममा उनले यस्तो बताएका हुन्।
'भारतको अयोध्या हुन्थ्यो भने जनकपुरबाट कसरी बिहे हुन्थ्यो, कहाँ कसले छोरीको बिहे गर्न खोज्या छ कसरी थाहा हुनु?' उनले भने 'नजिकै भए खोजिन्थ्यो बिहे हुन्थ्यो। तर अब त्यो इतिहास बहस गरि साध्यै छैन।'