तनहुँ पहिरो अपडेट : मृतक १० पुगे, दुई अझै बेपत्ता
तनहुँमा पहिरोमा पुरिएर मृत्यु हुनेको संख्या १० पुगेको छ।
सोमबार बिहान गएको पहिरोमा परेर रिसिङ गाउँपालिकाका पाँच, व्यास नगरपालिकाका चार र म्याग्दे गाउँपालिकाका एक जनाको मृत्यु भएको सिडिओ बद्रिनाथ अधिकारीले जानकारी दिए।
पहिरोमा पुरिएका व्यास नगरपालिकाका दुई जना अझै बेपत्ता छन्। मेसिन प्रयोग गरेर मंगलबार बिहानदेखि बेपत्ता दुवैको खोजी थालिने सिडिओ अधिकारीले बताए।
पहिरो प्रभावित क्षेत्रका ६१ परिवारलाई राहत बाँडिएको छ। सिडिओ अधिकारीका अनुसार म्याग्दे गाउँपालिकाका ६१ जनालाई कपडा, भाँडावर्तन र खाद्यान्न गरी पाँच हजार बराबरको राहत बाँडिएको हो।