दक्षिण चिनियाँ सागरमा चीनकाे एकलाैटी दाबी गैरकानुनी : अमेरिकी विदेशमन्त्री
अमेरिकी विदेशमन्त्री माइक पोम्पियोले दक्षिण चिनियाँ सागरमा चीनकाे एकलाैटी दाबी गैरकानुनी रहेको बताएका छन्।
विवादित जल क्षेत्र नियन्त्रित गर्ने चीनको आक्रामक अभियान गलत रहेको उनको भनाइ छ।
चीन दक्षिण चिनियाँ सागरको ठूलो भाग आफ्नो रहेको दाबी गरिरहेको छ। त्यहाँ द्वीपमा सैन्य अड्डा बसाइरहेको छ।
तर यी द्वीप र समुन्द्री चट्टानमा ताइवान, फिलिपिन्स, ब्रुनेई, मलेसिया र भेतनाम पनि दाबी गर्दै आएका छन्।
दक्षिण चीन सागरको यो क्षेत्रको नियन्त्रणलाई लिएर ती देशबीच सदियौंदेखि विवाद चलिरहेको छ। तर पछिल्ला वर्षहरुमा तनाव बढ्दो छ।
नाइन-ड्यास-लाइन नामबाट चिनिने इलाकामा चीन आफ्नो दाबी पेश गरिरहेको छ।
पोम्पियोले सोमबार दक्षिण चीन सागरमा विवादित स्पार्टली द्वीपमा चिनियाँ दाबीको विरोध गरेका हुन्।