अब थामिएला झरी ?

अब थामिएला झरी ?

मनसुन सक्रिय हुँदा  मंगलबार मुलुकभरका विभिन्न स्थानमा पानी पर्ने सम्भावना रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।

महाशाखाका अनुसार पछिल्ला पाँच दिनदेखि लगातार झरी परिरहे पनि अब बिहान, साँझ पानी पर्ने तर दिउँसो घाम लाग्न सक्ने देखिएको छ।

महाशाखाका मौसमविद् प्रतिभा मानन्धरका अनुसार यसअघि नेपालको तराईमा केन्द्रित रहेको मनसुनी न्यून चापीय रेखा अहिले केही दक्षिण तिर सरेको छ। जसकारण ठूलो वर्षा नभइ मध्ययमदेखि सामान्य वर्षाको सम्भावना रहेको उनले बताइन्। तर, यो मनसुनको अवधि भएकाले पानी पर्ने क्रम भने भइरहन्छ।

सोमबार मनसुनी वर्षा पूर्वी क्षेत्रमा केन्द्रित रहने भनिएको थियो। तर, मुलुकका धेरैजसो ठाउँमा पानी परेको थियो।

मंगलबार बिहान बागमती, गण्डकी, प्रदेश ५, कर्णाली र सुदूरपश्चिमका केही स्थानमा हल्कादेखि मध्यम वर्षा भइरहेको छ।

मंगलबार दिउँसो देशभर आंशिकदेखि सामान्य बदली रही केही स्थानमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ। 

मंगलबार बिहान  रुपन्देही, कपिलवस्तुमा भारी वर्षा भएको छ।  
 


Leave a Reply

Your email address will not be published.