फेरि चर्चामा आयो ३५ वर्ष पुरानो भिडियो गेम 

फेरि चर्चामा आयो ३५ वर्ष पुरानो भिडियो गेम 

अहिले हरेकको मोबाइलमा भिडियो गेम हुन्छ। गेम मोबाइलमा मात्रै होइन, ल्यापटप, डेस्कटपमा समेत राखिएका हुन्छन्।

भिडियो गेम समय बिताउने भरपर्दो माध्यम मात्रै होइन मनोरञ्जनको साधन पनि बन्न पुगेको छ।

अलिकति समय मिल्नासाथ आजभोलिको पुस्ता भिडियो गेममा झुन्डिइहाल्छन्। 

अहिले भिडियो गेमले झन् बजार पाएको छ। 

कोरोना भाइरसको महामारीको कारण विश्व नै लकडाउनमा छ। र, मानिसलाई समय बिताउनका लागि ‘भिडियो गेम’ एकदमै महत्वपूर्ण माध्यम भएको छ। 
अहिले सयौंको संख्यामा भिडियो गेम उपलब्ध छन्।

३५ वर्ष पुरानो एउटा भिडियो (भिन्टेज)गेमको विक्रि मूल्य हेर्ने हो भने प्रस्ट हुन्छ, अहिले भिडियो गेमको मार्केट कति छ भनेर। 

विश्वमै एक पुरानो भिडियो गेम हो ‘सुपर मारियो ब्रोस।’ र, ३५ वर्षपछि फेरि अहिले यो निकै चर्चित भएको छ। 
 
‘सुपर मारियो ब्रोस’ भिडियो बनाउने कम्पनी निन्तेन्डोले २०१७ मा नयाँ संस्करण ‘सुपर मारियो ओडिसी’ निकालेको थियो जुन बजारमा आउने बित्तिकै चर्चामा आयो।

अहिले यसै ३५ वर्ष पुरानो भिडियो गेम एकप्रतिको १ लाख १४ हजार अमेरिकी डलरमा विक्रि भइरहेको छ।

सुपर मारियो ब्रोसको संस्करण १९९५ मा बजारमा आएको थियो। यो गेमको लिलामी गर्दा केही चल्तीका गेम पनि पछारिएका थिए।

एजेन्सीहरुकाे सहयाेगमा


Leave a Reply

Your email address will not be published.