नारायणगढ-बुटवल सडकमा पहिरो खस्यो, दुई गाडी च्यापिए

नारायणगढ-बुटवल सडकमा पहिरो खस्यो, दुई गाडी च्यापिए

नारायणगढ-बुटवल सडक खण्ड अन्तर्गत पूर्वी नवलपरासीमा पहिरो खस्दा आज(मंगलवार) बिहानैदेखि सडक अवरुद्ध भएको छ। 

विनयी त्रिवेणी गाउँपालिका २ विश्वकर्मा बाबा मन्दिर नजिक पहिरो खस्दा राजमार्ग अवरूद्द भएको जिल्ला प्रहरी कार्यालय नवलपुरले जानकारी दिएको छ। पहिरोसँगै खसेको रुखले बा १४ च ७०२० नम्बरको कार र ना ६ ख १५५९ नम्बरको ट्रक च्यापिएको छ। 

तर मानवीय क्षति भने नभएको प्रहरीले जनाएको छ। ट्राफिक प्रहरी र प्रहरीले अवरुद्ध सडक खुलाउने प्रयास गरिरहेको छ।


Leave a Reply

Your email address will not be published.