धार्मिकस्थल खुलाउनुपर्ने ‘हाम्रो नेपाल सुशासन अभियान’को माग

धार्मिकस्थल खुलाउनुपर्ने ‘हाम्रो नेपाल सुशासन अभियान’को माग

हाम्रो नेपाल सुशासन अभियानले ‘कोरोना संक्रमणबाट बचौं, धार्मिक आस्थालाई बचाऔं’ भन्ने उद्देश्यसाथ धार्मिकस्थल सञ्चालनमा ल्याउनुपर्ने माग गरेको छ। 

कोरोना भाइरसको संक्रमण फैलिने भन्दै बन्द गरिएका देवस्थलहरू लकडाउन खुकुलो हुँदा समेत खुल्न नसकेको भन्दै श्रद्धालु भक्तजनका लागि सुरक्षा व्यवस्थासहित पशुपतिनाथ मन्दिरसहित अन्य धार्मिकस्थलको दर्शन गर्ने व्यवस्था मिलाउन अभियानको आग्रह छ।

अभियानले मंगलबार विज्ञप्ति जारी गर्दै पशुपतिनाथ आस्था, विश्वास र धार्मिक भावनाको केन्द्रबिन्दुसमेत भएको हुँदा इच्छुक भक्तजनले सुरक्षित र अनुशासित ढंगले धार्मिक आस्थाका केन्द्रहरूको दर्शन गर्न पाउने व्यवस्था मिलाउन आग्रह गरेको हो।

पिसिआर टेस्टको दायरा बढाउने, मास्क अनिवार्य लगाउने, सामाजिक दूरी कायम गर्ने, क्वारेन्टाइन र आइसोलेसनको व्यवस्थापन राम्रो बनाउने उपायबाट मात्रै कोरोना संक्रमणबाट राहत पाउन सकिने भन्दै अभियानले सम्बन्धित सरोकारवाला निकायलाई सुरक्षित रहन अपिल गरेको छ।

साउन १ गतेदेखि पशुपतिलगायतमा धार्मिक आस्थाका केन्द्रहरू सुरक्षित तबरबाट खुलाउनुपर्ने भन्दै अभियानले स्वास्थ्य सुरक्षा व्यवस्थाको पालना हुने गरी जनजीवन सामान्य बनाउने दिशातर्फ लाग्नुपर्ने माग गरेको छ। 


Leave a Reply

Your email address will not be published.