मेलम्चीको सुरूङमा अचानक पानी छोड्दा दुई बेपत्ता
मेलम्ची खानेपानी आयोजनाको सुरूङ निगरानीमा गएका एक इन्जिनियर र चालक बेपत्ता भएका छन्।
प्रहरीका अनुसार सुरूङमा मंगलबार दिउँसो अचानक पानी छोडिएपछि सुरूङभित्र रहेका इञ्जिनियर सतिश गोइत र चालक राधाकृष्ण थापामगर बेपत्ता भएका हुन्।
उनीहरू गएका बा१झ ८७६४ नम्बरको गाडी भने मेलम्ची खोलामा फेला परेको छ।
सिन्धुपाल्चोकका प्रहरी उपरीक्षक प्रज्वल महर्जनका अनुसार सुरूङमा बगेका अन्य दुई शेखर खनाल र पेम्बा दोर्जे तामाङको सकुशल उद्धार गरिएको छ।
‘बेपत्ताहरूको खोजी भइरहेको छ, गाडी निकाल्ने प्रयास भइरहेको छ,’ महर्जनले भने।
उनीहरू कतिबेला सुरूङमा छिरेको भन्ने खुलेको छैन। सुरूङको निगरानीमा जाँदा कसरी पानी छोडियो भन्ने पनि अनुसन्धानको विषय बनेको छ।
अहिले मेलम्ची सुरूङमा पानी परीक्षण धमाधम भइरहेको छ।