कर्णालीका सांसदलाई कोरोना संक्रमण

कर्णालीका सांसदलाई कोरोना संक्रमण

कर्णाली प्रदेश सभाका एक सांसदलाई कोरोना भाइरस संक्रमण (कोभिड-१९) को पुष्टि भएको छ।

पशुपन्छी रोग अन्वेषण प्रयोगशालामा साेमबार गरिएको परीक्षणमा प्रदेश सभाका ती सांसदलाई कोरोना संक्रमण पुष्टि भएकाे हो।

कर्णाली प्रदेशसभा सभामुख राजबहादुर शाहीले सभाका एकजना सांसदमा कोरोना संक्रमण भएको पुष्टि गरेका छन्।

कोरोना संक्रमण देखिएपछि ती सांसद अहिले स्वास्थ्यकर्मीको प्रत्यक्ष निगरानीमा सेल्फ आइसोलेसनमा बसेका छन्। उनको स्वास्थ्य अवस्था सामान्य छ।

सांसदमा कोरोना संक्रमण देखिएपछि ‘कन्ट्याक ट्रेसिङ’ को काम अघि बढाइएको छ।


Leave a Reply

Your email address will not be published.