कर्णालीमा साउन १ गते सार्वजनिक बिदा
कर्णालीमा साउन १ गते सार्वजनिक विदा दिइने भएको छ। उक्त दिन साउने सङ्क्रान्ति तथा देउडा पर्वका अवसरमा प्रदेशभर सार्वजनिक विदा दिइने भएको हो।
मंगलबार सूचना जारी गर्दै प्रदेशको आन्तरिक तथा कानुन मन्त्रालयले प्रदेश सरकार (मन्त्रिपरिषद्)को गत जेठ १२ गते बसेको बैठकले गरेको निर्णय अनुसार सार्वजनिक विदा दिइएको जनाएको छ।