कोरोना संक्रमित १७ हजार नाघे

कोरोना संक्रमित १७ हजार नाघे

नेपालमा कोरोना संक्रमितको संख्या १७ हजार नाघेको छ। मंगलबारको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको नियमित प्रेस ब्रिफिङमा प्रवक्ता डा. जागेश्वर गौतमले पछिल्लो २४ घन्टामा १ सय ४४ जना संक्रमित थपिएको जानकारी दिए।

देशभर ६ हजार ६ सय ९५ संक्रमित आइसोलेसन कक्षमा उपचाररत रहेका मन्त्रालय जनाएको छ। मंगलबार पुष्टि भएकासँगै देशभर १७ हजार ६१ जनामा कोरोना पुष्टि भएको छ। 

देशभरबाट पछिल्लो २४ घन्टामा ३४ जनाले संक्रमण जितेका छन्। योसँगै कोरोना संक्रमण जितेर घर फर्किनेको संख्या १० हजार ३ सय २८ पुगेको छ। यो संख्या कुल संक्रमित मध्ये ६०.३ प्रतिशत निको भएका छन्।

हालसम्म कोरोनाबाट ३८ जनाको मृत्यु भएको छ।


Leave a Reply

Your email address will not be published.