कर्णालीमा थप २७ जनामा कोरोना संक्रमण
कर्णालीमा थप २७ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ। प्रदेश अस्पताल, पशुपन्छी रोग प्रयोगशाला, कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान र दैलेख अस्पतालमा गरिएको परीक्षणमा मंगलबार थप २७ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको हो।
सुर्खेतका १४ जना, जुम्लाका ५ जना, दैलेखका ६ जना, जाजरकोट र काठमाडाैंका एक-एक जनामा मंगलबार कोरोना संक्रमण पुष्टि भएको छ।
योसँगै कर्णालीमा कोरोना संक्रमण हुनेहरुको संख्या एक हजार ६ सय ९० पुगेको सामाजिक विकास मन्त्रालय कर्णाली प्रदेशका स्वास्थ्य सेवा महाशाखा प्रमुख डा. लक्ष्मीनारायण तिवारीले जानकारी दिए।
कर्णालीमा हालसम्म १ हजार ४ सय ६२ जना कोरोना संक्रमणबाट निको भइसकेका छन्।