शैक्षिक प्रमाणपत्र किर्तेमा डिएसपी सिंहविरूद्ध विशेष अदालतमा मुद्दा
नागरिकता र शैक्षिक प्रमाणपत्र सच्याई भ्रष्टाचार गरेको अभियोगमा प्रहरी नायब उपरीक्षक रमेशबहादुर सिंहविरूद्ध विशेष अदालतमा मुद्दा दायर भएको छ।
अख्तियार दुरुपयोग अनुसन्धान आयोगले नागरिकता र शैक्षिक प्रमाणपत्रमा जन्म मिति सच्याएर भ्रष्टाचार गरेको अभियोगमा डिएसपी सिंहविरूद्ध मंगलबार भ्रष्टाचार मुद्दा दायर गरेको हो।
सिंह अहिले नेपाल प्रहरीको बालबालिका खोजतलास तथा समन्वय केन्द्र भृकुटीमण्डपमा कार्यरत थिए। विशेष अदालतमा मुद्दा दायर भएसँगै उनी निलम्बनमा परेका छन्।
डिएसपी सिंहले प्रहरी निरीक्षकमा सेवा प्रवेश गर्न जिल्ला प्रशासन कार्यालय बझाङबाट नेपाली नागरिकताको प्रमाण र शैक्षिक योग्यताका प्रमाणपत्रमा जन्म मिति सच्चाएर झुठ्ठा विवरण उल्लेख गरी सेवा प्रवेश गरेको देखिएको अख्तियारको दाबी छ।