सप्तकोसी नगरपालिकाका कार्यकारी अधिकृतसहित तीन जनाविरूद्ध भ्रष्टाचार मुद्दा

सप्तकोसी नगरपालिकाका कार्यकारी अधिकृतसहित तीन जनाविरूद्ध भ्रष्टाचार मुद्दा

सप्तकोसी नगरपालिका सप्तरीका तत्कालीन निमित्त कार्यकारी अधिकृत राजेन्द्रप्रसाद दाहालसहित तीन जनाविरूद्ध विशेष अदालतमा भ्रष्टाचार मुद्दा परेको छ। 

सार्वजनिक खरिद ऐन र नियमावलीविपरीत ठेक्का लगाएर भ्रष्टाचार गरेको अभियोगमा दाहालसहित ईन्जिनियर सुदीप चौधरी र सव-ईन्जिनियर रामकान्त चौधरीविरूद्ध मंगलबार भ्रष्टाचार मुद्दा दायर भएको हो। 

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले उनीहरूविरुद्ध १४ लाख ९९ हजार ४५४ रुपैयाँ बिगो माग्दै मुद्दा दायर गरेको हो।

नगरपालिकाबाट कामलाई आफ्नै एकल बोर्डको निर्णय गरी तीन भाग लगाएर कोटेशनमार्फत तीन वटा निर्माण व्यवसायीलाई दिएको र तीन वटै निर्माण व्यवसायीहरुले नगरपालिकासँग गरेको सम्झौताविपरीत लागत इष्टिमेटबमोजिम कार्य सम्पन्न नगरी गुणस्तरहीन कार्य गरेको पाइएपछि मुद्दा दायर गरिएको अख्तियारले जनाएको छ। 

यस्तै, निर्माण कम्पनी सुन्दर कन्स्ट्रक्सनका प्रोप्राइटर राजकुमार यादव, शान्ति निर्माण सेवाका प्रोप्राइटर नारायणप्रसाद यादव र भष्मरबि निर्माण सेवाका सञ्चालक श्यामकान्त चौधरीलाई पनि मुद्दामा विपक्षी बनाइएको छ। 

मापदण्डअनुसारको कार्य नगरेको पाइएपछि उनीहरूलाई जनहीँ चार लाख ९९ हजार ६४२ रुपैयाँ बिगो माग दाबी लिई भ्रष्टाचार मुद्दा दायर गरिएको अख्तियारले जनाएको छ।


Leave a Reply

Your email address will not be published.