सरकारद्वारा ६ जना  स्रष्टा पुरस्कृत

सरकारद्वारा ६ जना  स्रष्टा पुरस्कृत

सरकारले नेपाल सङ्गीत तथा नाट्य राष्ट्रिय प्रज्ञा पुरस्कार-२०७६ द्वारा ६ जना  स्रष्टालाई सम्मान गरेको छ।

संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले आज सिंहदरबारमा एक कार्यक्रमकाबीच स्रष्टाहरू रामहरि गुरुङ, हस्तबहादुर थापा, प्रचण्ड मल्ल, कुमार बस्नेत, नीर शाह र नारायणदेवी प्रधानलाई पुरस्कृत गरेको हो। 

पुरस्कारको राशि जनही एक लाख र ताम्रपत्र रहेको छ। तीसबै पुरस्कार पर्यटनमन्त्री याेगेश भट्टराईले प्रदान गर्दै नेपाली नाट्य सङ्गीत क्षेत्रको प्रवद्र्धनका निम्ति पुरस्कारले हौसला प्रदान गर्ने विश्वास व्यक्त गरे।

नेपाल सङ्गीत तथा नाट्य प्रज्ञा प्रतिष्ठानको आयोजनमा भएको उक्त कार्यक्रममा मन्त्री भट्टराईले विभिन्न श्रष्टाहरूको योगदानलाई कदर गर्दै स्थापना भएको पुरस्कार विभिन्न श्रष्टा तथा व्यक्तित्वहरूलाई प्रदान गरिएको बताए।

उनले मुलुकको सांस्कृतिक रुपान्तरणमा श्रष्टाहरुले खेलेको भूमिकाको प्रसंशा गर्दै आगामी दिनमा पनि थप सक्रियताका देखाउन आग्रह गरे।

कला, संस्कृतिको सम्रक्षण प्रवद्र्धनका निम्ति मन्त्रालयले विशेष ध्यान दिएको पनि मन्त्री भट्टराइको भनाई थियो।


Leave a Reply

Your email address will not be published.