मास्क नलगाए १०० रुपैयाँ जरिवाना

मास्क नलगाए १०० रुपैयाँ जरिवाना

घर बाहिर निस्कँदै हुनुहुन्छ भने ख्याल गर्नुहोस् तपाईसँग मास्क त छ कि छैन? 
मास्क नलगाएर नै बाहिर कतै जाँदै हुनुहुन्छ भने तपाई प्रहरीको फन्दामा पर्नु हुनेछ।

दाङकाे तुलसीपुरमा मास्क नलगाई हिँड्नेलाई जरिवाना गरिने भएको छ। नागरिकलाई मास्क लगाउने बानी पार्न तुलसीपुर उपमहानगरपालिकाले साउन १ देखि यो नियम कडाइसाथ लागू गर्न भएको छ। 

तुलसीपुर उपमहानगरपालिका विपद् व्यवस्थापन समितिको बैठकमा यस्तो निर्णय गरिएको हो। ‘मास्क नलगाउनेलाई १ सय जरिवाना गरेर मास्क दिइने छ,’ नगरप्रमुख घनश्याम पाण्डेले भने। 

उनले लकडाउन खुकुलो पारेसँगै बजारमा भीडभाड बढेको र मास्क नलगाउँदा संक्रमण फैलन सक्ने कुरालाई मध्यनजर गरेर यस्तो निर्णय गरिएको बताए।

विपद् व्यवस्थापन समितिका संयोजक नवराज लामिछानेले जरिवाना गरिएको रकम उपमहानगरको कोरोना विपद् कोषमा जम्मा गरिने जानकारी दिए। संक्रमण नफैलियोस् भन्न यस्तो निर्णय गरिएको लामिछानेले बताए।


Leave a Reply

Your email address will not be published.