सशस्त्र प्रहरीका १४ डिआइजी, १७ एसएसपीको सरुवा (सूचीसहित)

सशस्त्र प्रहरीका १४ डिआइजी, १७ एसएसपीको सरुवा (सूचीसहित)

गृह मन्त्रालयले १४ जना सशस्त्र प्रहरी नायब महानिरीक्षक (डिआइजी) र १७ जना सशस्त्र प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी)को सरुवा गरेको छ।

सशस्त्र प्रहरी बल मुख्यालयको सिफारिसमा मंगलबार गृहले डिआइजी र एसएसपीहरूको सरुवा गरेको हो। 

सरुवा सूचीअनुसार एक नम्बर प्रदेशमा डिआइजी वंशीधर दाहालको सरुवा भएको छ। 

यस्तै, दुई नम्बर प्रदेशमा केपी ब्रह्मचार्य, बागमती प्रदेशमा मन्दिप श्रेष्ठ, गण्डकी प्रदेशमा राजेन्द्र बस्नेत र उपत्यका बाहिनीमा प्रवीण श्रेष्ठको सरुवा भएको छ।

पाँच नम्बर प्रदेशमा किशोर प्रधान र ६ नम्बरमा हरिशचन्द्र अधिकारीको सरुवा भएको छ। 

सीमा सुरक्षा विभागमा राजु अर्याल, चन्द्रप्रकाश गौतम र मानव स्रोत तथा प्रशासन विभागमा नारायणदत्त पौडेलको सरुवा भएको छ। 

राष्ट्रिय सुरक्षा परिषदमा खड्गबहादुर राई, आइजी सचिवालयमा कविन्द्रमान श्रेष्ठ, स्टाफ कलेजमा प्रजाभक्त श्रेष्ठको सरुवा भएको छ। 

एसएसपी बिदुर खड्काको पोखरास्थित हुलदंगा व्यवस्थापन तालिम शिक्षालय, कूलबहादुर नेम्वाको ककनीस्थित युएन शान्ति तालिम शिक्षालय, इन्द्रराज कार्कीको नौवस्तास्थित सशस्त्र प्रहरी जवान तालिम शिक्षालयमा सरुवा भएको छ।

गणेश ठाडामगरको इन्टेलिजेन्स ब्युरो, दुर्गाप्रसाद भट्टराईको प्रशिक्षण प्रतिष्ठान, कमल गिरीको १ नम्बर बाहिनी मुख्यालय, अभिकुमार खत्रीको पशुपतिनाथ बाहिनी, नेत्रकुमार खत्रीको आर्थिक प्रशासन महाशाखामा सरुवा भएको छ। 

कसको कहाँ सरुवा? (सूची)

 


Leave a Reply

Your email address will not be published.