घरेलु उद्याेगका ओली अख्तियारको फन्दामा
घरेलु तथा साना उद्योग कार्यालय बाँकेका अधिकृत हुकुम बहादुर ओली घुससहित पक्राउ परेका छन्।
ठेक्कापट्टाको लाइसेन्स बनाइदिने भन्दै सेवाग्राहीबाट ९६ हजार ३ सय रुपैया“ घुस लि“दै गर्दा ओलीलाई पक्राउ गरिएको अख्तियार दुरुपयोग अनुसन्धान कार्यालय बुटवल सम्पर्क कार्यालय नेपालगन्जका प्रमुख गणेश गैरेले जानकारी दिए।
ओलीलाई अख्तियारको टोलीले रंगेहात पक्राउ गरेको हो। यसबारे थप अनुसन्धान भइरहेको गैरेले बताए।
यसैबीच बाँकेको कोहलपुरबाट प्रहरीले ५ जुवाडेलाई पक्राउ गरेको छ।
जिल्ला प्रहरी बाँके र इलाका प्रहरी कार्यालय कोहलपुरको संयुक्त टोलीले कोहलपुर नगरपालिका–११ बसपार्क नजिकको टोल बहादुर हमालको घरमा जुवा खेलिरहेकोे विशेष सूचनाका आधारमा उनीहरूलाई पक्राउ गरिएको इलाका प्रहरी कोहलपुरका प्रमुख डिएसपी कुलदीप चन्दले जानकारी दिएका छन्।
पक्राउ परेकाको साथबाट २ लाख ५० हजारसमेत बरामद गरिएको प्रहरीले जानकारी दिएको छ।
पक्राउ पर्नेमा घरमालिक टोलबहादुर हमाल, बडैयाताल गाँउपालिका-२ बस्ने रमेश गिरी, कोहलपुर नगरपालिका-११ बस्ने भीमबहादुर शाही, बैजनाथ गाउँपालिक-१ बस्ने टंकबहादुर रोकाय र राप्तीसोनारी गाउँपालिका-१ बस्ने चक्रप्रकाश रिजाल छन्। पक्राउ परेका सबैलाई जिल्ला प्रहरी बाँके पठाइएको छ।