विपत्तिबाट जोगाउन पूर्वसावधानी प्रविधिमा लगानीकाे खाँचाे

विपत्तिबाट जोगाउन पूर्वसावधानी प्रविधिमा लगानीकाे खाँचाे

विश्व आज भविष्यका लागि विगतमा भएका गल्ती सच्याउने योजना बुन्दैछ।

तर, कोभिड-१९ महामारीसँगै दक्षिण एसिया र प्रशान्त क्षेत्रमा आँधीहुरी र पूर्वी अफ्रिकामा सलहको प्रकोपले संसारलाई कुनै पनि बखत आइपर्न सक्ने संकटको लागि तयारी भएर बस्नुपर्ने कुरा प्रष्ट बनाएको छ।

महामारी, बाढी, हुरी, अनिकाल र डढेलो दोहोरिरहने र अझ भयावह बन्दै जाने देखिन्छ। यसले हरेक वर्ष लाखौंलाख मानिसलाई प्रभावित बनाउने गरेको छ। 

कोभिड-१९ को महामारीले संसारलाई व्युँझन घन्टी बजाएको छ। अन्तर्राष्ट्रिय संगठनका अगुवाहरूको नाताले हामी यो महामारीले ते¥साएको खतरा र परिवर्तनका सम्भावित अवसर दुवै बुझ्न सक्छौं। 

कोभिड-१९ र हालै संसारमा देखिएका विपत्तिहरूले अब कुनै पनि परिस्थिति आइलागे तयारी अवस्थामा रहन लगानी बढाउनुपर्ने देखाएको छ। विपत्ति आइपछि मात्र तयारीको लागि तातिने क्रम रोकिनुपर्छ। हाम्रो सामू छनोट प्रष्ट छ- विलम्ब गर र परिणाम भोग अथवा योजना बनाऊ र प्रगति गर। 

विपत्ति आउनुअघि नै तयारी गर्न लगानी लगाउँदा मानिसको जीवन जोगाउन र आर्थिक लाभ दुवैका लागि फाइदा हुन्छ।

उदाहरणका लागि ‘द ग्लोबल कमिशन अन अडाप्टेसन’को एक अध्ययनअनुसार जलवायु/अनुकूलन लगानीका लागि लगानी अनुपातको लाभ २ः१ देखि १०ः१ को देखिएको छ। 

प्रमुख विपत्तिका तयारीका निम्ति दिगो खाका आवश्यक हुन्छ। जलवायु परिवर्तनको प्रभावको सामना गर्न सन् २०३० सम्ममा वार्षिक १ अर्ब ४० करोडदेखि ३ अर्ब अमेरिकी डलरसम्मको खर्च हुने छ।

आँधीहुरी आउन लागेको वा डढेलो लागेको खबर २४ घन्टाअघि मात्र थाहा पाए पनि त्यसले गर्ने क्षति ३० प्रतिशतले घटाउन सक्नेछ। पूर्वसावधानी प्रणालीमा ८० करोड अमेरिकी डलर खर्च गरे, वर्षको ३ अर्बदेखि १६ अर्ब अमेरिकी डलरसम्म जोगाउन सकिन्छ। 

विश्व स्वास्थ्य संगठनले महामारी सामनाको तयारीका लागि तोकेको न्यूनतम आधार पूरा गर्न वार्षिक ३ अर्ब ४० करोड अमेरिकी डलरको आवश्यकता पर्नेछ। 

विपत्तिको तयारी नगर्नुभन्दा यो दुवै वार्षिक खर्च न्यून छ। प्राकृतिक विपत्तिले हरेक वर्ष खर्बौं अमेरिकी डलर बराबरको क्षति भइरहेको छ। सन् २१०० सम्ममा जलवायु परिवर्तनले गर्ने क्षति हरेक वर्षमा ६९ ट्रिलियन अमेरिकी डलर बराबरको हुनेछ। 

मानवीय क्षति पनि उच्च छ। अन्तर्राष्ट्रिय रेडक्रस महासङ्घ र रेड क्रिसेन्ट समाज (आईएफआरसी) को विश्लेषणले विपत्तिको तयारीका लागि केही नगरी बस्नुले बाढी, आँधीबेहरी, अनिकाल र डढेलोको कारण हरेक वर्ष अन्तर्राष्ट्रिय मानवीय सहायताको खाँचो पर्ने मानिसको संख्या बढ्नेछ।

अहिले त्यस्तो सहायता खाँचो पर्ने मानिसको संख्या १० करोड ८० लाख छन्। सन् २०३० सम्ममा यो संख्या ५० प्रतिशतले बढ्नेछ। सन् २०५० सम्ममा यो संख्या २० करोड पुग्नेछ। त्यहाँबाट उता भने यो संख्या दोब्बर हुने छैन। 

महामारीपछि अर्थतन्त्र पुनः सुचारु गर्न सरकारहरूले ट्रिलियनकाट्रिलियन डलर खर्च गर्ने छन्। त्यसकारण आगामी वर्ष विपत्ति सामना गर्न लगानी बढाउन गम्भीर समय हुनेछ। आगामी दिनमा वित्तीय स्रोत बढ्नेछ।

वित्तीय स्रोतको वृद्धिले परिवर्तनप्रति राजनीतिक भोक घट्दै जाने खतरा भने रहनेछ। त्यसकारण यो समय धनी देशहरूले गरिब देशहरूलाई जलवायु परिवर्तनसँगै भविष्यका खतरा सामना गर्न र अर्थतन्त्र सुचारु बनाउन मद्दत गर्नुपर्छ। 

कुनै पनि देशको सरकारले गर्न सक्ने धेरै महत्वपूर्ण काममध्ये आफ्नो देशले सामना गर्दै आएको विपद्सम्बन्धि तथ्यांकको उचित संकलन र विश्लेषणमा लगानी गर्न सक्छ।

आँधीहुरी आउन लागेको वा डढेलो लागेको खबर २४ घन्टाअघि मात्र थाहा पाए पनि त्यसले गर्ने क्षति ३० प्रतिशतले घटाउन सक्नेछ। पूर्वसावधानी प्रणालीमा ८० करोड अमेरिकी डलर खर्च गरे, वर्षको ३ अर्बदेखि १६ अर्ब अमेरिकी डलरसम्म जोगाउन सकिन्छ। 

उदाहरणका लागि अमफन आँधीले भारत र बंगलादेशमा ठूलो क्षति निम्त्यायो। दर्जनौं मानिसले ज्यान गुमाए। तर, पूर्वसावधानी प्रणाली नहुँदो हो त क्षति हुने सम्पत्ति र ज्यान गुमाउनेको संख्या अझ बढ्न सक्थ्यो।

दसकौंदेखिको योजना र तयारीसँगै ठ्याक्कै मिल्ने पूर्वानुमानले दुवै देशले ३० लाखभन्दा बढी मानिसलाई आँधी आउनुअघि नै अन्यत्र स्थानान्तरण गर्न भ्याए। विगतमा आउने आँधीहुरीको तुलनामा मर्नेको संख्या त्यसकारण यसपालि न्यून भयो। 

नयाँ जोखिमको खतरा पूर्वतयारी साझेदारीमार्फत अझ सुलभ र प्रभावकारी पूर्वसावधानी प्रविधि बनाउन सरकारहरू र अन्तर्राष्ट्रिय संगठनहरूले अनुसन्धान गरिरहेका छन्।

आगामी सन् २०२५ सम्ममा संसारका १ अर्ब मानिसलाई प्राकृतिक विपत्तिबाट जोगाउन यो पहलकदमीले मद्दत गर्नेछ।

यसअन्तर्गत मौसम पूर्वानुमानमा आधारित कोष बढाउनु पनि पर्दछ। त्यसले मौसम पूर्वानुमानको आधारमा जोखिममा रहेका समुदायलाई जोखिमबाट जोगाउन आवश्यक स्रोतको व्यवस्था गर्दछ।

जर्मनी र बेलायत सरकारले सहायता गर्ने यो अनुसन्धानमूलक आर्थिक कार्यक्रमले आँधीहुरी र तातो हावा चल्दा हुने क्षतिबाट मानिसको जीवन जोगाउनुका साथै क्षति पनि कम गर्न सक्छ। 

तर, यसरी खर्च गरिने पैसा स्थानीय क्षेत्रसम्म नपुगे यो पद्धति निरर्थक हुनेछ। कुनै पनि विपत्तिको पहिलो सामना स्थानीय समुदायले गर्ने हो। त्यसकारण विपत्ति सामनाका लागि स्थानीय संगठन र जनतालाई नै सक्षम बनाउनुपर्छ।

उदाहरणका लागि एमफन आँधीबेहरी आउनुअघि आइएफआरसीले बंगलादेशको रेडक्रिसेन्ट शाखालाई त्यस्तो कोष पठाएको थियो।

त्यो पैसा त्यहाँ जोखिममा रहेका २० हजार मानिसलाई तयारी खाना, खानेपानी, प्राथमिक उपचार, सुरक्षा सामग्री र यातायातको बन्दोबस्त गर्न प्रयोग भएको थियो।

बंगलादेश शाखाले कोभिड-१९ को सुरक्षा प्रणालीको निम्ति पनि त्यो पैसा प्रयोग ग¥यो। जस्तै मानिसका बस्ती निसंक्रमण गर्न, भौतिक दूरी कायम गरी बस्न थप ठाउँ उपलब्ध गराउन र व्यक्तिगत सुरक्षा सामग्री वितरण गर्न प्रयोग भयो। 

विपत्ति सामनाको निम्ति सबभन्दा उत्तम उपाय पनि स्थानीय समुदायसँगै हुन्छ। सन् २००९ मा फिलिपिन्समा अन्डो समुद्री आँधी आयो।

त्यसपछि त्यहाँका जनताले सरकारी अधिकारीहरूसँगको सहकार्यमा भविष्यमा पनि त्यस्ता बाढीबाट जोगिने खालका घरहरू बनाए। 

आगामी वर्ष देशहरू कोभिड-१९ को महामारीबाट मुक्त भएमा संसारका नेताहरूले एउटा गम्भीर परिस्थितिको सामना गर्ने छन्।

विपत्तिको तयारीका लागि लगानी बढाएर उनीहरूले आगामी दशक र त्यसपछिको समयको लागि पनि आफ्नो नियतिलाई आकार दिन सक्छन्। र, मानिसलाई सुरक्षा दिशातिर उन्मुख गर्न सक्छन्। 

(जगन अन्तर्राष्ट्रिय रेडक्रस र रेडक्रिसेन्ट सोसाइटी महासङ्घका महासचिव र द ग्लोबल कमिसन अन अडाप्टेसनका सदस्य हुन्, भने एन्ड्रु स्टीर वल्र्ड रिसोर्स इन्स्टिच्युटका सभापति र सीईओ तथा द ग्लोबल कमिसन अन अडाप्टेसनका सदस्य हुन्)

स्रोतः प्रोजेक्ट सिन्डिकेट 
नेपाली अनुवादः नीरज लवजू


Leave a Reply

Your email address will not be published.