भक्तपुरमा यसपालि गाईजात्रा नहुने

भक्तपुरमा यसपालि गाईजात्रा नहुने

भक्तपुरको गथांमुगः चःह्रे र गाईजात्रा औपचारिकतामा मात्र सीमित हुने भएको हो।

गथांमुगः चःह्रेमा मनाइने गथांमुग पनि नबजाउने निर्णय भएको छ। साथै गाईजात्रामा लाग्ने ताहामचा, घिन्ताङघिसी र परम्परागत एवं आधुनिक सांस्कृतिक प्रदर्शनी नगरिने भएको छ।

ऐतिहासिक तथा सांस्कृतिक नगरी भक्तपुरमा साउन ४ गते गथांमुगः चःहे्र र साउन १९ देखि २७ सम्म गाईजात्रा (सापारु) पर्व पर्ने र ती सबै औपचारिकतामा सीमित गर्न सुझाएको छ।

दुवै पर्वमा सयौंको संख्यामा मानिस जम्मा हुँदा कोरोना भाइरस (कोभिड-१९) महामारीको जोखिम बढ्ने खतरा रहने हुँदा सरोकारवाला संस्कृतिकर्मीको नगरस्तरीय भेलाबाट प्राप्त राय सुझावअनुसार नगरपालिकाले निर्णय गरेको हो।

कोरोनाको संक्रमण बढ्दै गएको अवस्थामा गथांमुगः चःह्रे र गाईजात्रामा धेरै भीड हुने भएकाले भक्तपुर नगरपालिकाले सरोकारवाला संस्कृतिकर्मीहरूसँगको नगरस्तरीय भेलाबाट यो निर्णय लिएको हो। 

भेलामा भीड जम्मा हुने कुनै किसिमको सांस्कृतिक प्रदर्शनीमा रोक लगाउनुपर्ने, जनतालाई यो कोरोनाबारे निरन्तर सचेत बनाउँदै लानुपर्नेलगायतका रायसुझावहरू दिइएकोे थियो। 


Leave a Reply

Your email address will not be published.