सोनी ज्वेलर्सका सञ्चालक सुनार १ करोडसहित भैरहवाबाट पक्राउ 

सोनी ज्वेलर्सका सञ्चालक सुनार १ करोडसहित भैरहवाबाट पक्राउ 

भैरहवास्थित सोनी ज्वेलर्सका प्रोप्राइटर सुनील सुनार पक्राउ परेका छन्। राजश्व अनुसन्धान विभागले मंगलबार सुनारलाई ९९ लाख पाँच हजार रुपैयाँसहित पक्राउ परेका हुन्। 

विभागका महानिर्देशक दीर्घराज मैनालीका अनुसार उनीसहित सहयोगी अमित परियार पनि पक्राउ परेका छन्। अवैध सुन चोरी निकासी-पैठारी गरी राजश्व छलि गरेको अभियोगमा विभागले सुनार र परियारलाई पक्राउ गरेको मैनालीले बताए।

राजश्व अनुसन्धान कार्यालय बुटवलको टोलीले उनी सवार प्रदेश-३/०१-०२३ च ३२०९ नम्बरको गाडी पनि पक्राउ गरेको छ। 

भैरहवाबाट बुटवलतर्फ आउँदै गर्दा बुटवलस्थित राजमार्ग चौराहाबाट सवारी साधनसहित उनलाई पक्राउ गरिएको विभागले जनायो। गाडी चेकजाँच गर्दा राजस्व चुहावट गरी लुकाएर ल्याउँदै गरेको नगद ७३ लाख ५५ हजार बरामद भएको थियो। 

उनको पक्लिहवास्थित घर र सोनी ज्वेलर्स गल्लामण्डी भैरहवासमेतमा विभागले तलासी लिएको थियो।

तलासी लिँदा घर र पसलबाट २५ लाख ५० हजार रुपैयाँ बरामद भएको विभागले जनायो। रकमसँगै आर्थिक कारोबारसँग सम्बन्धित कागजातहरू समेत बरामद गरिएको बताइएको छ।

दुवैमाथि अनुसन्धान भइरहेको विभागले जनाएको छ।
 


Leave a Reply

Your email address will not be published.