विप्लव माओवादीका पोलिटब्युरो सदस्य कटुवा पेस्तोलसहित धनगढीमा पक्राउ
कैलालीबाट विप्लव माओवादीका पोलिटब्युरो सदस्य तथा मेची-महाकाली ब्युरो इञ्चार्ज ओमप्रकाश पुन कटुवा पेस्तोलसहित पक्राउ परेका छन्।
कैलाली प्रहरीका अनुसार उनलाई धनगढी उपमहानगरपालिका-७ बेलीबाट बुधबार बिहान नियन्त्रणमा लिइएको हो। प्रहरीका अनुसार उनीसँगै श्रीमती पूर्णिमा भनिने गौरा धामी पनि पक्राउ परेकी छिन्।
पुन दाङ तुलसीपुर उपमहानगरपालिका वडा नम्बर ९ का हुन्। अखिल नेपाल महिला संगठन (क्रान्तिकारी) सेती महाकाली ब्युरो ईन्चार्ज रहेकी धामी डडेल्धुरा पर्शुराम नगरपालिका वडा न ७ की हुन्।
कैलालीका प्रहरी उपरीक्षक अनुपम शमशेर राणाले पुन र धामी पक्राउ परेको र उनीहरूमाथि अनुसन्धान भइरहेको जानकारी दिए।