शिक्षा मन्त्रालयका उपसचिवविरूद्ध साढे ४ करोडको भ्रष्टाचार मुद्दा 

शिक्षा मन्त्रालयका उपसचिवविरूद्ध साढे ४ करोडको भ्रष्टाचार मुद्दा 

बाँसगढी नगरपालिका बर्दियाको शिक्षा तथा खेलकुद शाखाका उपसचिव मनप्रसाद रेग्मीविरूद्ध झन्डै साढे ४ करोड रुपैयाँ बिगो माग्दै अख्तियारले विशेष अदालतमा भ्रष्टाचार मुद्दा दायर गरेको छ। 

मंगलबार रेग्मीविरूद्ध अकुत सम्पत्ति आर्जन गरी भ्रष्टाचार गरेको अभियोगमा अख्तियारले रेग्मीलाई ४ करोड ५४ लाख ३३ हजार ६ सय ९८ रुपैयाँ बिगो कायम गरी मुद्दा दायर गरिएको अख्तियारले जनाएको छ। 

२०५३ साल कात्तिक २२ देखि सरकारी सेवा सुरू गरेको रेग्मीको आम्दानीभन्दा खर्च अस्वाभाविक देखिएपछि अख्तियारले अनुसन्धान थालेको थियो। जागिर सुरू गरेयता २०७६ साल चैत महिनासम्मको सम्पत्ति अनुसन्धानमा उनले ७ करोड ३१ लाख ४५ हजार २ सय ९० रुपैयाँ खर्च तथा लगानी गरेको देखिएको छ। तर, यही अवधिमा उनले २ करोड ७७ लाख ११ हजार ५ सय ९२ रुपैयाँमात्र आर्जन गरेको देखिएको अख्तियारले जनाएको छ। 

रेग्मीले आर्जन गरेको स्रोत नखुलेको सम्पत्ति श्रीमती पम्फादेवी पाण्डेय र छोरी सन्ध्या रेग्मीका नाममा राखेको पाइएको छ। उक्त स्रोत नखुलेको सम्पत्ति जफत गर्ने प्रयोजनार्थ पम्फादेवी र सन्ध्याविरुद्ध पनि मुद्दा दायर गरिएको अख्तियारले जनाएको छ।
 


Leave a Reply

Your email address will not be published.