कोरोना नियन्त्रणमा सरकार पूरै असफल, क्वारेन्टाइन नै संक्रमणको केन्द्र : कांग्रेस

कोरोना नियन्त्रणमा सरकार पूरै असफल, क्वारेन्टाइन नै संक्रमणको केन्द्र : कांग्रेस

स्वास्थ्य मन्त्रालयले काेराेना महामारी नियन्त्रणमा सफलतापूर्वक नेतृत्व लिन नसकेको आराेप प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसले लगाएको छ। कांग्रेसको कोरोना अनुगमन समितिले आज पार्टी मुख्यालय सानेपामा पत्रकारसम्मेलन गर्दै उक्त आरोप लगाएको हो।

विभिन्न क्षेत्रसँग अन्तरक्रिया र अनुगमन गर्दा स्वास्थ्य मन्त्रालय कोरोना नियन्त्रणमा पूर्ण रुपमा असफल भएको पाएको समितिका संयोजक एवं सहमहामन्त्री प्रकाशशरण महतले बताए।

'प्रधानमन्त्री स्वयम् कोरोना रोगको औषधि छैन भन्दै बेसार खाएर हाछ्यु गरेहुन्छ भन्ने जस्ता बेतुकका अभिव्यक्ति दिइरहनु भएको छ', उनले भने, 'यसैबाट सरकार कोरोना नियन्त्रणमा कत्ति गम्भीर नरहेको प्रष्ट हुन्छ।

क्वारेन्टाइन व्यवस्थित नबस्दा त्यो नै संक्रमणको केन्द्र बन्न पुगेको कांग्रेसको आरोप छ। क्वारेन्टाइनमा बसेकाको स्वाब लामो समयसम्म पनि परीक्षण हुन नसक्नुले जोखिम फैलिएको महले बताए।

'सरकारले भन्ने एक गर्ने अर्को गरिरहेको छ।  'दैनिक दश हजारको परीक्षण गर्छौं भनेको सरकारले परीक्षणको दायरा घटाउँदै लगेको छ',  उनले भने, 'सरकार आफ्नै भनाइमा पनि चुकिरहेको छ।'

कोरोनाले आर्थिक, शैक्षिकलगायत सबै क्षेत्र नराम्रोसँग प्रभावित बनेको भन्दै चिन्ता व्यक्त गर्यो। यातायात खोल्ने कुरामा पनि सरकारले स्पष्ट नीति ल्याउन नक्दा भोलि त्यसले भयावह रुप ल्याउन सक्ने कांग्रेसले जनाएको छ।


Leave a Reply

Your email address will not be published.