वन्यजन्तुका लागि नेपियर घाँस रोपियो

वन्यजन्तुका लागि नेपियर घाँस रोपियो

वीरेन्द्रनगरस्थित संरक्षित वन क्षेत्र काँक्रेबिहारमा रहेका वन्यजन्तुलाई आहारको अभाव हुन थालेपछि नेपियर जातको घाँस रोपिएको छ। 

उक्त वन क्षेत्रमा आहारको अभाव भई जरायोहरू मानव बस्ती छिर्न थालेपछि वीरेन्द्रनगरका स्थानीय युवाहरूले वनमा नेपियर घाँस रोपेका हुन्। काँक्रेबिहारमा करिब एक हजार पाँच सय बोट रोपिएको छ।

पहिलो चरणमा एक हजार पाँच सय बिरुवा लगाइएको बताउँदै स्थानीय युवा नारायण जिसीले दोस्रो चरणमा अरु बिरुवा पनि रोप्ने योजना रहेको बताए। तीन महिनाभित्र यो बिरुवा जरायोका लागि खान योग्य हुने उनले बताए।

वीरेन्द्रनगरका युवा केशव कोइराला र सुगारिका कृषि फर्मका सुशील केसीले वृक्षारोपणका लागि बिरुवा सहयोग गरेका थिए।

वृक्षारोपण कार्यक्रममा काँक्रेबिहार संरक्षण समितिका अध्यक्ष चन्द्रा श्रेष्ठलगायत स्थानीय युवाको सहभागिता थियो। रमेश गिरी, हेमन्त गिरी, राजन गिरी, पद्मा गिरीलगायतका युवाले यातायात तथा खाजा र पानीको प्रबन्ध गरेका थिए। 


Leave a Reply

Your email address will not be published.