दुई किलो अफिमसहित दुईजना पक्राउ

दुई किलो अफिमसहित दुईजना पक्राउ

रुकुम पश्चिममा अफिम (अवैध लागूऔषध) सहित दुई जनालाई प्रहरीले पक्राउ गरेको छ। होटलमा कोठा लिई बसेका ती युवाको झोला चेकजाँच गर्दा दुई किलो अफिमसहित पक्राउ गरिएको प्रहरीले जनाएको छ ।

पक्राउ पर्नेमा जाजरकोट नलगाड नगरपालिक-४ का ३४ वर्षीय विनोद रावल र सोही नगरपालिक-२ का २९ वर्षीय टेकबहादुर रावल रहेको जिल्ला प्रहरी कार्यालय रुकुम (पश्चिम)का प्रहरी नायव उपरीक्षक ठगबहादुर केसीले बताए। 

उनिहरुको साथबाट थप तीन थान मोवाइलसमेत बरामद गरिएको बताएदै प्रहरी नायव उपरिक्षक ठगबहादुर केसीले घटनाका वारेमा थप अनुसन्धान भईरहेको जानकारी दिए। 


Leave a Reply

Your email address will not be published.