कर्णालीमा काेराेना संक्रमित संख्या १,७१४ पुग्यो
कर्णाली प्रदेशमा थप २४ जनामा कोरोना भाइरस (कोभिड-१९) संक्रमण पुष्टि भएको छ। प्रदेश अस्पताल, पशुपन्छी रोग अन्वेषण प्रयोगशाला, चौरजहारी नगरपालिका पिसिआर प्रयोगशालामा गरिएको परीक्षणमा बुधबार थप २४ जनामा कोरोना संक्रमण पुष्टि भएको हो।
यो सँगै कर्णालीमा कोरोना संक्रमितको संख्या १ हजार ७ सय १४ पुगेको सामाजिक विकास मन्त्रालय, स्वास्थ्य सेवा महाशाखा प्रमुख डा. लक्ष्मीनारायण तिवारीले जानकारी दिएका छन्।
संक्रमित हुनेमा सुर्खेतका १४ जना, दैलेखका ३ जना, सल्यानका ५ जना, जुम्ला र अछामका १–१ जना छन्।
बुधबार ४ सय ३० जनाको कोरोना परीक्षण भएको थियो। हालसम्म कर्णालीमा कुल ३५ हजार एक सय ६४ जनाको परिक्षण भइसकेको छ।
यसका साथै बुधबार १३ जना आइसोलेसनबाट डिस्चार्ज भएका छन्।
यो सँगै कर्णालीमा कोरोना भाइरस संक्रमण जित्नेको संख्या १ हजार ४ सय ७५ जना पुगेको छ।